दाङमा स्कुले विद्यार्थी तीन घण्टा प्रहरीले किन राख्यो ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दाङमा स्कुले विद्यार्थी तीन घण्टा प्रहरीले किन राख्यो ?



दाङ- प्रहरीले कसरी अपराधि पत्ता लगाउछ? पक्राउ गरेर कहाँ राख्छ? प्रहरीले पक्राउ गर्‍यो भने कुटपिछ गर्छ रे ? यि र यस्ता धेरै सवाल रविना चौधरीको दिमागमा खेलीरहन्थ्यो।यही सवालको जवाफ खोज्न खिमबहादुर शाह माध्यमिक विद्यालय कोलही कक्षा ९ मा अध्ययनरत रविना बुधबार वडा प्रहरी प्रहरी कार्यालय लमही पुगिन।

लक्षमण थापालाई गाउँ-घरमा ड्यूटीमा प्रहरी आउदा पनि कतै केही नराम्रो भैहाल्यो की भन्‍ने लाग्थ्यो। तर, प्रहरी यसरी गाउँ घर पस्नु, जनता संग घुलमिल हुनुपनि उसको नियमित काम हो भन्‍ने उनले बल्ल बुझे।

रविना र लक्षमण सहित ३२ जना विद्यार्थिले तीन घण्टा प्रहरी कार्यालयमा बिताए।वडा प्रहरी कार्यालय लमहीले नागरिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी संग एक दिन कार्यक्रम राखेको हो।

‘प्रहरी भित्र छुट्टा छुट्टै शाखा हुदो रहेछन्।हामीले गर्ने फोन उठाउने शाखालाई सञ्चार शाखा भनिदो रहेछ’रविनाले भनिन्–‘मुद्धा शाखा अलग रहेछ । थुनुवा कोठा पनि फरक ठाउँमा रहेछ।’

विद्यार्थीले सोधेका जिज्ञाशाको जवाफ प्रहरी प्रमुख अरुणकुमार सिंहले दिए।‘पहिलो पल्ट प्रहरी कार्यालयमा पाईला टेका विद्यार्थीहरुमा धेरै जिज्ञासा भरिएको पाएँ। उनीहरुले प्रहरी कार्यालयको हरेक कोठा र शाखा हेरे।

प्रहरीले काम गर्ने तरिका बारे जानकारी पाउदा उत्साहित देखिन्थ्ये’सिंहले भने–‘टोल टोलको अभियानसँगसँगै प्रहरी कार्यालयमा दिने सेवाको बारेमा कार्यालयमै कार्यक्रम राखेर दिदा अझ प्रभावकारी हुदोरहेछ।’ विद्यार्थीले नागरिक प्रहरी साहेता कक्ष, महिला तथा बालबालिका कक्षको बारेमा समेत जानकारी हाँसिल गरेका छन् ।

मनमा लागेको प्रश्न सोध्दै र जवाफ टिप्नमा विद्यार्थी व्यस्त रहे।यसरी प्रहरी संग एक दिन कार्यक्रमले नागरिकमा प्रहरी प्रतिको विश्वास बढाएको खिमबहादुर शाह माध्यमिक विद्यालय कोलहीका प्रधानाध्यापक रामप्रसाद खनालले बताए।

‘प्रहरीलाई सूचना दिए उल्टै समस्यामा परिन्छ की भन्ने डर छ। तर, प्रहरी कार्यालयमा एक दिन विताएपछी प्रहरी प्रतिको विश्वास विद्यार्थीमा बढेको पाएँ’उनले भने–‘गाउँ घरमा हुने घटना, अपराध बारे प्रहरी समक्षा सूचना पुर्‍याउन युवा विद्यार्थी माध्यम बन्न सक्छन्। जसले गर्दा अपराध न्यूनिकरणमा सहयोग पुग्छ।’

देशसंचारको सहयोगमा