स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको मृत्यु



एजेन्सी। स्कुल बस दुर्घटना हुँदा ३० बालबालिकाको ज्यान गएको छ । गुरचाल गाउँको बजीर राम सिंह पठानिया ममोरियल पब्लिक स्कुलको बस दिउँसो ३ बजे स्कुल बिदा भएपछि विद्यार्थीलाई घरमा छोड्न निस्कने क्रममा दुर्घटनाग्रस्त भएको  हो ।

हिमाञ्चलको कागडा जिल्लाको नुरपुर नजिकैको मलकवाल–ठेहड लिङ्क सडकमा निजी स्कुलको बस ७ सय मिटर तल खस्दा २७ बालबालिकासहित ३० जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमले  बताइएको छ । मृत्यु हुनेमा ड्राइभर र शिक्षिका पनि रहेको बताइएको छ ।

५ विद्यार्थीलाई जीवितै उद्धार गरी अस्पताल पठाइएको छ।विपरीत दिशाबाट आइरहेको मोटरसाइकल बचाउने क्रममा चालकले स्टेयरिंगको नियन्त्रण गुमाएपछि बस सडकबाट तल खसेको भारतीय सञ्चारमाध्यमले जनाए ।