भक्तपुरमा स्वीमिङबाट स्कूल फर्कदै गरेको बस दुर्घटना हुँदा २७ बिद्यार्थी घाईते - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भक्तपुरमा स्वीमिङबाट स्कूल फर्कदै गरेको बस दुर्घटना हुँदा २७ बिद्यार्थी घाईते



भक्तपुर, २५ जेठ

भक्तपुरको सानोठिमीमा स्कुल बस दुर्घटना हुँदा २७ जना बिद्यार्थी घाईते भएका छन् । विद्यार्थीलाई स्वीमिङ गराएर स्कूल तर्फ फर्कदै गरेको नालान्दा विद्यामन्दिरको बा १ ख ८३५९ नम्बरको बस दुर्घटना हुँदा २७ जना विद्यार्थी घाइते भएका हुन् ।

स्कूल नजिकै पुगेपछि बस सडकबाट खेतमा खसेर दुर्घटना भएको र दुर्घटनामा घाइते भएका विद्यार्थीको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको  महानगरीय प्रहरी बृत्त ठिमीको संचार शाखाले जानकारी दिएको छ ।