प्रदेश ५ मा विद्यालयहरु बन्द हड्ताल निशेध : मन्त्री चौधरी
बुटवल । प्रदेश ५ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश कानुन निर्माण गरी प्रदेश नम्बर ५ का सम्पूर्ण विद्यालयहरु बन्द हड्ताल निशेधित विद्यालयको रुपमा घोषणा गरिने बताएका छन् ।
अहिले पनि नेपालको कानुनमा विद्यालय शान्ती क्षेत्र घोषणा भएपनि विद्यालयमा बन्द हडताल हुने गरेको भन्दै मन्त्री चौधरीले प्रदेश सरकारले निश्चित कानुन नै निर्माण गरी विद्यालयमा बन्द हडताल लगायतका कार्य निशेध गर्ने बताएका हुन ।
ईन्द्रेणी समाज केन्द्र नेपालकोे आयोजनामा सेभ द चिल्डे्न र सेतो गुराँसको आयोजानमा बुटवल सुरु भएको प्रदेश स्तरिय नयाँ संरचनामा बाल संवेदनशिलताका विषयक गोष्ठीको बुटवलमा सुभारम्भ गर्दै मन्त्री चौधरीले अहिले प्रदेश सरकार संक्रमण कालमा रहेको भन्दै विभिन्न कानुन निर्माण गरी बालवालिकाको क्षेत्रमा धेरै कार्य गर्न बाँकी रहेको समेत बताए ।
अहिले बालवालिका, शिक्षा, महिला लगायतका विषयमा हेर्ने मन्त्रालय सामाजिक विकास मन्त्राय गठन नभएको परिपेक्ष्यमा उनले मन्त्रालय गठन संगै अन्य कार्यहरु दु्रत रुपमा अगाडी बढ्ने समेत बताए ।प्रदेश नम्बर ५ का प्रवक्ता समेत रहेका मन्त्री चौधरीले जसरी अपेक्षा गरिएको थियो सोही अनुरुपम कार्य हुन नसकेको स्वीकर गर्दै विद्यालय उमेरका वालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नहुने समेत बताए । यसको लागि प्रदेश सरकारले ठोस नीति तथा कार्यक्रम अगाडी ल्याउने र यसमा स्थानिय सरकारको समेत सहयोग हुने उनको भनाई छ ।
विकास गर्ने कुरा दिर्घकालको लागि गर्नुपर्ने भन्दै मन्त्री चौधरीले दिगोविकास हुनेमा विश्वत्त हुनको लागि प्रदेशका जनतालाई आग्रह समेत गरे ।प्रदेशमा विकासको लागि धेरै संभावना रहेको भन्दै उनले विकास गर्न अझै धेरै कार्य बाँकी रहेको र विस्तारै विकास गर्ने बताए ।कार्यक्रममा स्थीनिय संघीय सासनका विज्ञ बालानन्द शर्माले संघ(केन्द्र), प्रदेश र स्थानिय तहको तालमेलबाट नै बालबालिकाको क्षेत्र होस् या अन्य क्षेत्रमा सबैमा विकास हुने धारणा राख्दै उनले सबैको तालमेला बिना विकास संभव नभएको समेत बताए ।
कानुन निर्माणको चरणमा अहिले स्थानिय तह देखि प्रदेश सरकार रहेको भन्दै उनले तालमेला अनुसार नै आएको कानुनबाट हरेक क्षेत्रमा विकास हुने बताए ।कार्यक्रममा सेतो गुराँस वाल विकास केन्द्र बुटवलकी अध्यक्ष सुमित्रा शर्माले बुटवलमा ८ सय १२ जना बालबालिकाहरु विद्यायको पहुँचबाट टाढा रहेको जानकारी दिदै, यस्तै ५ सय १० जना बालबालिकाहरु बाल श्रमको रुपमा रहेको तथ्यांक आफुहरु संग रहेको जानकारी दिईन् ।
उनका अनुसार बाल श्रमीक मध्ये ३ सय ४५ जना बालबालिका शिक्षा बाट बाहिर रहेका छन् । कार्यक्रममा सेभ द चिल्ड्रेन बुटवलका बरिष्ठ शिक्षा संयोजक ईश्वर खत्री, शिक्षा पत्रकार समुह लुम्बिनीका सचिव कृष्ण मल्ल, ईन्द्रेणी समाज केन्द्र नेपालका कार्यक्रममा म्यानेजर रुद्र मर्साङ्गी लगायतले मन्तव्य राखेका थिए ।