अर्घाखाँचीमा विद्यालय बन्द - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

अर्घाखाँचीमा विद्यालय बन्द



अर्घाखाँची। अर्घाखाँचीको शितगंगा नगरपालिका–६ जुकेनाको शिवा दह माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ ।

विद्यालयको विकास निर्माणमा राजनीतिक दलहरुले हस्तक्षेप गरेको भन्दै विद्यार्थीहरुले पठनपाठन ठप्प पारेका हुन् ।

उनीहरुले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप बन्द गरी विकास निर्माणको कामलाई अघि बढाउन माग गरेका छन् ।