संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा शितल जल सेवा कार्यक्रम - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा शितल जल सेवा कार्यक्रम



मंगल बास्कोटे
लम्की,कैलाली । शहिदहरुको सम्झनामा शितल जल सेवा कार्यक्रम आज कैलालीको लम्की चुहा नगरपालिका २ भल्कामा सम्पन्न भएको छ ।

संयुक्त दलित सशक्तिकरण समाजको आयोजनामा लगातार बढिरहेको गर्मिमा शितल जलसेवा कार्यक्रमको अयोजना गरिएको बताईएको छ । बिगतका दिन देखि नै संयुक्त दलित सशक्तिकरण समाजले सामाजिक सेवालाई निरन्तरता दिदै आएको थियो । दलित समुदाय भित्रका बिभिन्न प्रकृतिका समस्याहरुलाइ सहजिकरणको माध्यम बाट समाधान गर्दै आएको छ ।

लम्की चुहा नगरपालिका संग प्रत्यक्षहरुमा सहकार्य गरि दलित समुदाय भित्रका मुद्धाहरुलाई मेलमिलाप केन्द्रको रुपमा बिगतमा काम गरेको र अहिल नगरपालिका स्तरिय न्यायिक समिति संग सहकार्य गर्दै समाधान गर्दै आएको समाजका अध्यक्ष ढक बहादुर बि.कले बताउनु भएको छ ।

समाजिक कार्यलाई निरन्तरता दिने क्रममा नगरपालिकामा बिभिन्न कामले आउने सेवा ग्राही,बिभिन्न ठाउँबाट आएका यात्रु,बटुवाहरुले लगातार बढिरहेको गर्मिमा पानी नपाएर काकाकुल हुने अवस्था देखिएको हुदा त्यो समस्यालाइ केहि समाधान गर्न एक दिन भए पनि शितल जल सेवा कार्यक्रम गरि सुरुवात गरेको सचिब लोग बहादुर बि.कले बताउनु भएको छ ।

कार्यक्रममा वडा नं.१ का वडा सदस्य चन्द्र बि.क, समाजका पुर्व संस्थापक अध्यक्ष रतन सुनार,सह–सचिब कोकिला देवल,सदस्य रतिलाल बि.क,दलित अगुवा रमा बादी,बिनु नेपाली,भगत सिह कडारा लगाएतको सहभागिता रहेको थियो ।