साउदी जाने कामदारको तलव बढ्यो ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

साउदी जाने कामदारको तलव बढ्यो !



सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ ।

साउदी अरबमा विभिन्न क्षेत्रका कार्यरत अदक्ष, अर्धदक्ष, दक्ष श्रमिक र व्यावसायिक कामदारको आधारभुत पारिश्रमिकका लागि ६ बर्षपछि न्युनतम ज्यालामा पुनरावलोकन गरेको हो ।

पुनरावलोकन गरेपछि सामान्य श्रमिकले थप ३०० रियाल अर्थात ९ हजार रुपैयाँ पाउनेछन् ।

पुनरावालेकन गरिएको २०० पारिश्रमिक र १०० भत्ता गरी अब साउदी जाने नेपालीले १३०० रियाल अर्थात ३९ हजार रुपैयाँ पाउने देखिएको छ । अहिले साउदी जाने श्रमिकले ८०० पारिश्रमिक र २०० भत्ता गरेर ९
हजार रियाल अर्थात ३० हजार रुपैयाँ पाउँदै आएका छन् ।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले लागु गरिएको पारिश्रमिक र भत्ताअनुसार नै दुतावासबाट मागपत्र प्रमाणीकरण गरेर ल्याउनुपर्ने बताए ।, यो खबर आजको कारोवार दैनिकमा मुख्य खबर रहेको छ ।