भ्रष्टाचार मुद्दामा साउदीका ११ राजकुमार र ४ मन्त्री पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भ्रष्टाचार मुद्दामा साउदीका ११ राजकुमार र ४ मन्त्री पक्राउ

१९ कात्तिक, रियाद ।

साउदी अरबले भ्रष्टाचार सम्वन्धी मुद्दा छानबिनको क्रममा ११ जना राजकुमार, ४ जना मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई पक्राउ गरेको छ ।

हिरासतमा राखिएकाहरुको नाम सार्वजनिक गरिएको छैन र कुन भ्रष्टाचार मुद्दामा उनीहरुलाई पक्राउ गरिएको भन्ने पनि स्पष्ट भएको छैन ।

यद्यपि साउदी ब्रोडकास्टर अल अरेबियाले लेखेको छ- सन् २००९ मा जेद्दाहमा आएको बाढी र सन् २०१२ मा मर्स वायरसको संक्रमण फैलिएको मामलामा नयाँ शिराबाट जाँच शुरु गरिएको छ ।

भ्रष्टाचार नियन्त्रण सम्वन्धी नयाँ कमिटी गठन भएको चार घण्टापछि नै उनीहरुलाई पक्राउ गरिएको हो ।

साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले भनेको छ यस कमिटीको अध्यक्षता क्राउन प्रिन्स मोहम्मद बिन सलमानले गरेका छन् र उनलाई पक्राउ वारेन्ट जारी गर्ने वा यात्रामा प्रतिवन्ध लागाउने अधिकार छ ।

यसका साथै साउदी नेशनल गार्ड र नौसेना प्रमुख पनि परिवर्तन गरिएको छ । एसपीएका अनुसार किंग सलमानले नेशनल गार्ड मिनिस्टर प्रिन्स मितेब बिन अब्दुल्लाह र नेवी कमाण्डर एडिमिरल अब्दुल्लाह बिन मोहम्मद अल सुल्तानलाई बर्खास्त गरेका छन् ।

उनलाई हटाउनुको कारण भने आधिकारिक रुपमासार्वजनिक भएको छैन ।

पत्रपत्रिकाको सहयोगमा