शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौं- शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य भइ अस्पताल भर्ना भएका छन्। पिसाब र डेंगु संक्रमणका कारण जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना भएका हुन्।

संक्रमणसँगै उनलाई कमजोरी, खानामा अरुचि र अस्वस्थ महसुस भएको अस्पतालले जनाएको छ। मुटुको समस्या पनि देखिएकोले उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उहाँको निवास पुग्दा हिजोभन्दा आज अझै कमजोर देखिएको र खानपिन पनि छोड्नु भएकाले सोही चिकित्सकीय टोलीद्वारा उहाँलाई यस अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो। तत्‌पश्चात जोशीलाई विभिन्न विभागका चिकित्सकद्वारा संयुक्त जाँच गरी विभिन्न प्रयोगशाला परीक्षण जाँच गरिएको थियो।’

जोशीको अवस्था चिन्ताजनक देखिए पनि आत्तिहाल्नु नपर्ने पल्मोनोलोजिस्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा मिलेसजंग सिजापतिले बताए।