राजतन्त्र र हिन्दूराज्य फर्काउन सत्याग्रहको घोषणा - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

राजतन्त्र र हिन्दूराज्य फर्काउन सत्याग्रहको घोषणा



काठमाडौं- स्वतन्त्र नागरिक समाजले राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न सत्याग्रह सुरु गर्ने भएको छ । समाजका संयोजक हेमविक्रम सिलवाल सत्याग्रहमा बस्ने घोषणा गरेका छन्।

नेपाललाई असफल राष्ट्र हुनबाट जोगाउनको लागि स्वतन्त्र नागरिक समाजले मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गरिने जानकारी गराइएको छ । सत्याग्रह विहान ८ बजे काठमाडौंको शान्तिवाटिकामा सुरु हुनेछ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले यस्तो घोषणा गरेको हो । सरकार सुध्रिने कुनै लक्षण नदेखिएको र जनताको आवाजलाई बेवास्ता गरिएको आरोप लगाउंदै यस्तो घोषणा गरिएको हो ।

समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो देशलाई यस भयानक आर्थिक–राजनीतिक संकटको दलदल र असफल राष्ट्र हुनबाट समयमै जोगाउन हामी यही २०७६ साल मंसिर १ गतेदेखि ७२ घण्टे सत्याग्रह गर्न बाध्य हुनुको विकल्प नरहेको कुरा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी दिइन्छ । स्वतन्त्र नागरिक समाज सारा स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली जनतालाई यो देशको धर्म, संस्कृति, मूल्य मान्यता अनि परम्परा जोगाउन, देशमा संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य स्थापना गर्न सबै नेपालीको बृहत्त सहभागी जनाई आफ्नो दायित्व निर्वाह गरी सफल पारिदिनु हुन हार्दिृक अनुरोध तथा आह्वान गर्दछौं ।’