शताब्दी पुरुष जोशी लागे सय ,जन्मोत्सव मनाउन आज सार्वजनिक बिदाको घोषणा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

शताब्दी पुरुष जोशी लागे सय ,जन्मोत्सव मनाउन आज सार्वजनिक बिदाको घोषणा



काठमाडौं–संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष लागेका छन् । जोशीको एक सयौं जन्मोत्सवको अवसरमा आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना हुँदेछ ।

शताब्दी पुरुष जोशीलाई बग्गीमा रोखर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक पु र्‍याउने कार्यक्रम रहेको महानगरपालिकोले जनाएको छ ।

र्‍याली विहान साढे ११ बजे शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम हरेको छ भने सेना प्रहरीको व्याण्डको समेत उपस्थिति हुन छ ।

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेका छन् ।