सत्ता र शक्तिको आडमा विष्णु पौडेल जोगाउने नयाँ प्लान - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

सत्ता र शक्तिको आडमा विष्णु पौडेल जोगाउने नयाँ प्लान



काठमाडौं- निकै चर्चा र बिबादको विषय बनेको बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेललाई जोगाउने प्रयास भैरहेको खुलेको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी देखिएका पौडेललाई सत्ताको आडमा उन्मुक्ति दिने प्रयास भैरहेको स्रोतको दाबी छ।

विष्णु पौडेलको परिवारको नाममा जग्गा भेटिएपछि उत्कर्षमा पुगेको चर्चा अहिले भने मथ्थर बनेको छ। तर अख्तियारले भने यसको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । स्रोतले भने सत्ताको शक्तिको दुरुपयोग गर्दै पौडेललाई उन्मुक्ति दिनेगरी प्लान बनेको जनाएको छ ।

पछिल्लो समय नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार पनि यस काण्डमा तानिएका छन्। उनलाई अख्तियारले बयान लिएको छ । तत्कालिन भौतिकमन्त्री गच्छेदारले जग्गा व्यक्तिको बनाउने गरी निर्णय गराएको अभियोग छ ।

अख्तियारले बालुवाटार जग्गाको जग्गाधनी पूर्जा लिएका र विचौलियासँग पनि बयान लिइसकेको छ । बालुवाटार जग्गा प्रकरणमा देशका हस्तीहरु संलग्न रहेको अभियोग छ । तर, जग्गा आफ्नो परिवारकै नाममा भेटिएका विष्णु पौडेललाई भने उम्काउने प्रयास भैरहेको छ ।

पौडेलले जग्गा आफ्नो परिवारको नाममा भेटिएपछि आफूले प्रक्रिया सबै पुर्याएर आफ्नो नाममा ल्याएको दाबी गरेका थिए । सरकारका प्रवक्ताले पनि विष्णु पौडेल यसमा ठगिएको र क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए ।

जग्गा प्रकरणमा पूर्वाग्रही नभई कारबाही अगाडि बढेमा गच्छेदार र पौडेल मात्र होइन देशका केहि हस्तीहरू पर्ने जानकारहरूले बताउने गरेका छन् । विष्णु पौडेलका छोराका नाममा ८ आना जग्गा भेटिएको थियो ।