कैलालीको बर्दगोरिया गाउपालिका -६ मा "टुवोर्ग दिया देवारी सांस्कृतिक कार्यक्रम" को आयोजना - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

कैलालीको बर्दगोरिया गाउपालिका -६ मा “टुवोर्ग दिया देवारी सांस्कृतिक कार्यक्रम” को आयोजना



बिशाल पाण्डेय / हिमाल पोस्ट ।
सुखड,कैलाली । कैलालीको बर्दगोरिया गाउपालिका ६ जगतपुरमा “टुवोर्ग दिया देवारी सांस्कृतिक कार्यक्रम २०७५” हुने भएको छ ।

जन आकृति बाल क्लबको आयोजनामा यहि कार्तिक १८ गते उक्त सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रममा महालोक गायक मनिराम चौधरी , गायक तथा मोडल राज कुश्मी ,गायिका तथा मोडल अन्जु कुश्मी, गायक खेम चौधरी, गायिका सिर्जना चौधरी, गायक वसन्त कुमार महतो , मोडल एलिसा चौधरी तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम संयोजक नरेश बहादुर डगौराले हिमाल पोस्टलाई बताए ।

टुवर्गको मुख्य प्रायोजन तथा बर्दगोरिया गाउपालिका मुडाको प्रबर्द्धन रहेको उक्त सांस्कृतिक कार्यक्रममा हिमाल पोस्ट डटकम , रेडियो घोडाघोडी एफ एफ सुखड, लम्की एफ एम मोतीपुर, बिन्दास मिडिया, थारूनके डटकम, शाहिल इन्टरटेनमेन्ट , कैलारी अनलाईन मिडियाहरु मिडिया पार्टनरका रुपमा रहेका छन् ।