संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सवको आयोजना - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सवको आयोजना



सुखड,कैलाली । कैलालीको धार्मिक तथा पर्यटकिय क्षेत्र घोडाघोडी मन्दिर परिसरमा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सव २०७६ हुने भएको छ । घोडाघोडी संस्कृति तथा संरक्षण समाजको आयोजनामा यहि मंसिर १२ गतेदेखि १५ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

पश्चिम तराईका थारुहरुको आस्थाको प्रतिक मानिने धार्मिक सांस्कृतिक ऐतिहासिक प्राकृतिक जैविक विविधताले भरिपूर्ण विश्व रामसारमा सुचीृकत घोरीघोरा मन्दिरमा बर्सौदेखी सामुहिक रुपमा लवाङ्गी पुजा तथा घोरीघोरा महोत्सव संचालन गरिएको घोडाघोडी संस्कृति तथा संरक्षण समाजको अध्यक्ष जगनारायण चौधरी जानकारी दिए ।

लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेष गरी थारु समुदायको पुरानो गुरुवाहरुद्धारा नाचिने बडका नाच, महिलाहरुद्धारा सामुहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारु समुदायको स्थानिय प्रतिभाहरुको संरक्षण संम्वद्र्धनका, सांस्कृतिक जगेर्नाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुती रहने आयोजकले जनाइएको छ ।

घोरीघोरा मन्दिर विशेष गरी थारुहरुको कुल देउताको रुपमा मानिने भएकाले वर्षभरी गरिएको खेती र जिवन रक्षाको लागि थारु रितिअनुसार सामुहिक रुपमा घोडाघोडीमा बलि चढाएर मात्र नयाँ अन्न भित्र्याएर खाने प्रचलन अहिलेसम्म चलि आएकोे छ ।