४ पूर्वप्रधानन्यायाधीशले पाए सर्वोच्चबाट सफाइ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

४ पूर्वप्रधानन्यायाधीशले पाए सर्वोच्चबाट सफाइ



काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा परेका चारजना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् ।

गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै उनीहरुविरुद्ध अवहेलना मुद्दा परेको थियो ।

प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिएको हो ।

चार पूर्वप्रधाननययाधीशले ‘स्पष्ट रुपमा संविधानले अधिकार दिएकोमा बाहेक प्रतिनिधि सभा विघटन गर्ने जस्तो अधिकार आफूमा अन्र्तनिहित रहेको भन्न, अधिकार सिर्जना गर्न वा ग्रहण गर्न मिल्ने अवस्था देखिंदैन’ भन्ने वक्तव्य दिएका थिए । वक्तव्यमा भनिएको छ, ‘दलहरुको आन्तरिक द्वन्द्व वा खिचलो जस्तो कुनै परिस्थितिले जुन प्रयोजनको लागि जे कुरा गर्न व्यवस्था गरिएको छ सो वाहेकको कार्यमा उक्त धारा आकर्षित हुन सक्दैन ।’