सार्वजनिक पदमा बस्नेले अनिवार्य नेपालमा उत्पादन हुने कपडा लगाउनुपर्ने - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

सार्वजनिक पदमा बस्नेले अनिवार्य नेपालमा उत्पादन हुने कपडा लगाउनुपर्ने



काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्य हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने बजेटमा घोषणा गरेको छ ।

बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।
सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।