सर्पको टोकाई बाट एक किशोरीको ज्यान गयो - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

सर्पको टोकाई बाट एक किशोरीको ज्यान गयो



कैलाली । कैलालीमा सर्पको टोकाइबाट एक किशोरीको ज्यान गएको छ ।

मोहन्याल गाउँपालिका-३ फलेबिसौनाकि १६ वर्षीया किशोरी कल्पना देवकोटाको गए राती घरमै सुतिरहेको अवस्थामा सर्पको टोकाई बाट ज्यान गएको हो ।

उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ । जिल्लामा सर्पध्वङ्सको उपचार केन्द्र टाढा रहेकोले समयमै अस्पताल पुर्‍याउन नसकिए पछि उनको ज्यान  गएको बताइएको छ ।