सरोकारवालासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरोकारवालासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न



सुखड ,कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा एक दिने पुर्ण खोप सुनिस्चित तथा दिगोपनका लागि नगरखोप समन्वय समिती र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आइतबार सुखडमा सम्पन्न भएको छ ।

घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रमको प्रमुख अथिती घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै उपप्रमुख थापाले घोडाघोडी नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुले आफ्नो काम र जिम्मेवार पुर्बक काम गरि रहेको बताउनु भयो । गाउँ घर खोप केन्द्रमा औषधि ,सिरिन्ज र जनशक्तिको समस्या हुँदा पनि स्वास्थ्यले सेवा प्रभाबकारी रुपमा दिएको र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र भएको हुनाले यसमा नगरपालिकाले पनि ध्यान दिएको उप प्रमुख थापाले बताउनु भयो । उहाले भन्नुभयो , ‘आउने आर्थिक बर्षमा स्वास्थ्य शाखामा पर्याप्त रुपमा औषधि र उपकरणहरु ल्याउनका लागि प्रदेश र केन्द्रिय प्रदेशसंग पहल गर्छौ ।’

त्यस्तै कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख वसन्त बोहोराले जनशक्तिको कमिले सोचे जस्तो काम गर्न नसकेको बताउनु भयो । साथै उहाले कर्मचारीहरुलाइ आफ्नो काम प्रती बफादार र पारदर्शी बनाउन आग्रह समेत गर्नु भएको थियो ।

घोडाघोडी नगरपालिकाका प्रबक्ता मनराज शाहीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख, खोपकेन्द्र प्रमुख , महिला स्वयंसेबिका ,विभिन्न संघ संस्था प्रमुख ,वडा अध्यक्ष तथा अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

घोडाघोडी नगरपालिमा धेरै जनसंख्या भए पनि यहाँ एउटा पनि एम्बुलेन्स छैन र भएका एम्बुलेन्स मर्मत सम्भार नहुदा समयमा नै बिरामीले उपचार पाउनबाट बन्चित भएको हुँदा सरोकारवाला निकाएको समयमा ध्यान जान जरुरी छ ।

कैलाली जिल्ला पुर्ण खोप युक्त जिल्ला घोषण भैइसकेको अवस्थामा यसलाई आगामी दिनमा कसरी निरन्तरता दिने र सुनिश्यता गर्ने भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक हेमराज बुढाले सहजीकरण गर्नु भएको थियो ।