दुई सरकारी विद्यालयद्वारा संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दुई सरकारी विद्यालयद्वारा संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो



बिरेन्द्र शाह/सुखड, कैलाली ।

घोडाघोडी नगरपालिका वडा नम्बर ६ मा रहेका दुई ओटा सरकारी विद्यालयहरूले संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन् ।

“हामी सबैको इच्छा,अनिवार्य निःशुल्क आधारभूत शिक्षा ” भन्ने मूल नाराका साथ संयुक्त रूपमा विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम गरेका हुन । सरस्वती आधारभूत विद्यालय बसन्ता र बडातडो आधारभूत विद्यालय बुछरीयाले दुई ओटा समूह बनाएर प्रत्येक अभिभाबको घरमा गएर बालबालिकालाई घरमा नराख्न र विद्यालयमा भर्ना गर्नु पर्छ भनेर सम्झाउने गरेका छन् । पहिलाका वर्ष छुट्टाछुट्टै विद्यार्थी भर्ना अभियान रहेको र यो वर्ष बाट संयुक्त रूपमा पहिलो पटक विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम गरेको बताईको छ ।

विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रम वैशाख १ बाट सुरु भएको थियो । विद्यार्थी भर्ना तथा घरदैलो कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका,शिक्षा प्रेमी,अभिभावक,जनप्रतिनिधिहरू लगायत विद्यालय व्यवस्थापन समितिका पधाधिकारिहरुको सहभागिता रहेको थियो । विद्यालय उमेर पुगेका बालबालिकाहरू कोही पनि विद्यालयको पहुँच बाट टाढा हुनुहुँदैन भन्ने उदेश्यले संयुक्त रूपमा भर्ना अभियान सञ्चालन गरेको बडातडो आधारभूत विद्यालय बछुरीयाका प्रध्यानाध्यापक गोबिन्द्र जैसीले बताउनु भयो ।

अहिले विद्यार्थी भर्ना हुने काम जारी रहेको सम्बन्धी विद्यालयहरूले बताएका छन् । अभिभावक बाट भर्ना हुन बन्चित भएका बालबालिकाहरूलाई खोजी खोजी विद्यालयमा आउने वातारण बनाउने यो अभियानले काम गर्ने सरस्वती आधारभूत विद्यालय बसन्ता प्रध्यानाध्यापक केशर बहादुर खड्काले दाबी गर्नु भयो । हाम्रो बालबालिकाहरू पठन पाठन बाट नछुटोस र निःशुल्क शिक्षा आर्जन गर्नु पर्छ भन्ने स्थानीय सरकारको नारा रहेको हुनाले हामी पनि सँग सँगै अभियानमा लागेको घोडाघोडी नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष विनोद बिश्वर्कमाले बताउनु भयो ।