सरकारी गाडी आगजनी: नेविसंघले जिम्मा लियो - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

सरकारी गाडी आगजनी: नेविसंघले जिम्मा लियो



शंखमुलमा आइतबार दिउँसो भएको सरकारी गाडी आगजनीको जिम्मा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नेविसंघले लिएको छ।

सरकारी क्याम्पस क्षेत्रमा सरकारी गाडी चल्न नदिने घोषणासँगै देशका केही स्थानमा सरकारी गाडीहरुमा क्षति पुर्‍याएको क्षतिको समेत नेविसंघले जिम्मा लिएको हो।

नेविसंघले घोषणा गरेको कार्यक्रम अनुसार शंखमुलमा पनि सरकारी गाडीमा आगजनी गरेको छ। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकारी गाडीमा भएको आगजनी नेविसंघकै पूर्व घोषित कार्यक्रम भएको बताएका छन्। नेविसंघले सरकारी गाडी चल्न नदिने घोषणा गरेपछि कतिपय ठाँउमा सरकारी गाडीमा तोडफोड तथा आगजनी भएको खबर प्राप्त भएको उनले बताए। उनले भने,’आइतबार सडकमा सरकारी गाडी चल्न नदिने नेविसंघ केन्द्रीय समितिले घोषणा गरेको थियो’

मंगलवार नेविसंघले देशभरका ७७ जिल्लामा र सम्पूर्ण कलेजमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको महामन्त्री काफ्लेले बताए। नेविसंघले शनिबार राके जुलुस र आइतवार देशका विभिन्न स्थानमा सरकारी गाडी चल्न नदिने घोषणा गरेको थियो। आज काठमाडौंको शंखमूल नजिकै सरकारी गाडीमा नेविसंघ आगजनी गरेको हो।