सरकारी गाडीमै यस्तो ? को हुन् त यी भाइरल नवविबाहित जोडी ? - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

सरकारी गाडीमै यस्तो ? को हुन् त यी भाइरल नवविबाहित जोडी ?



काठमाडौं। सरकारी गाडीको दुरुपयोग हुनु र भईरहेको कुरा त हाम्रो लागी नौलो कुरा होइन । बेलाबेलमा सरकारी गाडीमैश्रीमतिलाई माइत,ब्यूटिपार्लर, साथीको घर र छोरा छोरीलाई स्कुल एयरपोर्ट, परिक्षा केन्द्र पुर्याउन गएको समाचार त हामीले देख्दै र पढ्दै आइरहेका नै छौं । तर यसपटक भने अलिक नौलो कुरा देख्न पाइयो । यसपटक देखिएको नौलो कुरा हो बा २ झ १६५० नम्बरको सरकारी गाडी ।

तस्बीरमा देखिएको गाडी सेतो नम्बर प्लेटको छ जुन सरकारी हो। गाडीमा खिचिएको उक्त फोटो हेर्दा अलिक असामान्य जस्तो देखिन्छ । एक त सरकारी गाडी त्यस गाडीमा दुइ जना युवायुवती फिल्मी शैलीमा पोज दिएर फोटो खिचाईरहेका छन्। यस फोटोमा यी जोडी यहि गाडिमा बिहेपछिको हनिमुन मनाउन कतै गएको र फोटोसेसन गरेको जस्तो देखिन्छ । यसो हेर्दा पढेलेखेका जस्तो देखिने यी ब्यक्तिहरुको यस्तो व्यबहार पछि हाल सामाजिक संजालमा यो फोटो भाइरल नै बनेको छ ।

सरकारले सार्वजानिक विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ यद्दपी सञ्चालन गर्न अतिआवस्यक भएको खण्डमा अनुमति लिएर मात्रै चलाउन पाउने व्यवस्था गरेको छ । तर हनिमुनमा वा डेटिङमै लौजान भने पाउने व्यवस्था गरेको छैन ।