सरकारी गाडी किन्ने रकम अस्पताललाई - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सरकारी गाडी किन्ने रकम अस्पताललाई



कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले सरकारी गाडी किन्ने रकम अस्पताललाई दिने भएको छ ।

आज बसेको कार्यपालिका को बैठकले कार्यालय प्रयोजनका लागि गाडी किन्न छुट्ट्याइएको  पचहत्तर लाख रुपैयाँ चुहामा बन्न लागेको अस्पताललाई दिने निर्णय भएको लम्की चुहा नगरपालिका मेयर महादेव बजगाइले बताउनु भयो ।

जनतालाई सुविधा सम्पन्न अस्पताल आवश्यक परेकाले महँगो गाडी चढ्नु भन्दा अस्पताल बनाउने काममा लगाउने सोच अनुसार निर्णय गरिएको मेयर बजगाइले बताउनु भयो ।

जनताले आफूलाई काम गर्न पठाएकाले सुविधा ठुलो कुरा नभएको उहाँको भनाइ छ ।केन्द्रमा महँगो गाडी खरिदको चर्चा चलिरहेको बेला लम्की चुहा नगरपालिका मेयर बजगाइले भने जन प्रिय निर्णय गरेका छन् ।नगरपालिकाको यो निर्णयले जनता खुसी भएका छन् ।