सरकारी गाडिमा पनि लाग्यो ह्विललक - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सरकारी गाडिमा पनि लाग्यो ह्विललक



कैलाली – धनगढी-अत्तरिया छ लेन सडकमै सरकारी गाडी पार्किङ गरेपछि कैलाली ट्राफिकले ह्विललक लगाइदिएको छ ।

सुर्नया गाउँपालिकाको से १ झ २८७ नम्बरको गाडी आज बिहान धनगढी-अत्तरिया छ लेन सडकको चौराहामा सडकमै पार्किङ गरेपछि ह्विललक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिल सिंहले बताए ।

ट्राफिक नियम सबैलाई बराबरी भएको बताउदै प्रहरी निरीक्षक सिंहले ५ सय रुपैया जरिवाना गरेर उक्त गाडी छाडिएको बताए ।