सरकार र राप्रपाबीच पहिलो वार्ता सकियो : यस्तो छ अवस्था - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सरकार र राप्रपाबीच पहिलो वार्ता सकियो : यस्तो छ अवस्था



काठमाडौं । धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी र सरकारबीच मंगलबारको वार्ता सकिएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नगरी टुंगिएको हो । वार्ताको अर्को मिति पनि तोकिएको छैन ।

वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानूनमन्त्री भानुभक्त ढकालले संघीय लोकतानित्रक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेका थिए । वार्तापछि पत्रकारसँग कुरा गर्दै उनले संविधानमा भएका व्यवस्थामा सरकारले सम्झौता नगर्ने भन्दै संविधानको व्यवस्था अतिक्रमित हुने मागमा पुनर्विचार गर्न राप्रपालाई आग्रह गरेको बताएका छन् ।

राप्रपाका तर्फबाट वार्ता टोली संयोजक दीपक बोहराले सैद्धान्तिक विषयमा पुन छलफल गर्ने सहमति गर्दै आजको वार्ता सकिएको बताए ।

राप्रपाले २२ सूत्रीय मागका विषयमा कुरा राखेको बताइएको छ । सरकारले पनि तपाईहरुले उठाउनुभएको धेरै कुरामामा विचार गर्छौं भनेको छ, धर्म निरपेक्षता खारेजी, गोलमेच सम्मेलनजस्ता नीतिगत विषयमा पुनः छलफल गर्ने सहमति भएको वार्ता टोलीका सदस्यले बताए ।

अर्को बैठकको मिति नतोके पनि ४/५ दिनमा बस्ने उनले बताए । सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।