तरकारी काण्डमा सरकारविरुद्ध सर्वोच्चमा रिट - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

तरकारी काण्डमा सरकारविरुद्ध सर्वोच्चमा रिट



काठमाडौं- सरकारबिरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । विषादीयुक्त तरकारी परिक्षण गर्ने निर्णयमा सरकार पछि हट्नु उपभोक्ताको हित विपरीत भएको भन्दै रिट दायर भएको हो ।

सरकारको उक्त निर्णय तत्काल कार्यन्वय गर्न मागसहित सर्वोच्चमा उपभोक्ता हित संरक्षण मञ्चका महासचिव अधिवक्ता विष्णु तिम्सीनाले सोमबार रिट दर्ता गराएका हुन्। सरकारले गत असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी विषादीयुक्त खाद्यवस्तु आयतमा कडाइ गर्ने निर्णय गरेको थियो।

सरकार उक्त निर्णय कार्यन्वयमा पछि हटेको भन्दै मञ्चले तत्काल कार्यन्वयन गर्न माग सहित रिट दर्ता गरेको तिम्सीनाले बताएका छन्।