अब वैदेशिक रोजगारीमा जानेलाई होटल खर्च सरकारले दिने - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

अब वैदेशिक रोजगारीमा जानेलाई होटल खर्च सरकारले दिने



काठमाडौं- अब वैदेशिक रोजगारीमा जाने युवा युवतीलाई सरकारले होटलको खर्च दिने भएको छ । वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्देशक समितिको बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णयसमेत गरेको छ ।

लामो लकडाउनपछि अब संक्रमणको अवस्था मुल्यांकन गरेर लकडाउन पनि कायम राख्ने र बजार पनि चलायमान बनाउने ‘स्मार्ट लक डाउन’मा जाने निर्णय बिर्देशक समितिले गरको हो । त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गर्ने पनि छलफल भएको बताइएको छ ।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय समेत गरेको छ । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

हवाई उडान खोलिने देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनको खर्च सरकारले व्यवस्थापन गर्ने बताइएको छ ।