सरकारले खोस्यो जबराका सबै सुरक्षाकर्मी, अघोषित नजरबन्द कायम - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सरकारले खोस्यो जबराका सबै सुरक्षाकर्मी, अघोषित नजरबन्द कायम



काठमाडौं- सरकारले सर्वोच्च अदालतमा फर्किन तयार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार कार्यविधि अनुसार पीएसओबाहेक अगुवा पछुवा गाडीका सबै सुरक्षाकर्मी फिर्ता गरिएको हो।

आफूमाथि महाअभियोग लगाएको संसदको आयु समाप्त भएसँगै उनी आइतवार सर्वोच्च फर्किने तयारीमा थिए। तर उनी र उनको परिवारलाई निस्किन नदिएर सरकारले अघोषित नजरबन्द गरेको छ।

चोलेन्द्र र छोरीसमेतले आफूहरूलाई नजरबन्द गरिएको बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली आइतबार दिउँसो बालुवाटार पुगेर अवस्थाबारे जानकारी लिएको छ।

यसैबीच चोलेन्द्रको सरकारी निवासमा २४ घण्टा प्रहरी तैनाथ गरिएको छ।