जनताका आवश्यकता पूरा गर्न सरकार जे पनि गर्न तयार: प्रधानमन्त्री - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

जनताका आवश्यकता पूरा गर्न सरकार जे पनि गर्न तयार: प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा आज आयोजित विद्यालय भर्ना अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने,’जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरूलाई पठाएको हो। अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो । त्यसप्रति हामी प्रतिबद्ध छौं।’

अब कुनै नेपाली जनता खानाबिना र जाडोले कठ्यांग्रिएर मर्नु नपर्ने दाबी गर्दै उहाँले जनताले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।रासस