सरकारको दिनगन्ती सुरू भयो: विश्वप्रकाश शर्मा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

सरकारको दिनगन्ती सुरू भयो: विश्वप्रकाश शर्मा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्।

उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीतिक हस्तक्षेप बढेको भन्दै आरोप लगाए।

मंगलबार कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै नेता शर्माले भने,‘सरकारका हरेक क्रियाकलाप अमर्या्दित, असंभव र आर्थिक अनियमितताका घटनामा मात्र केन्द्रित छन् ।आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं। सदन र सडकमा कांग्रेस छ भनेर हेक्‍का राख्न नबिर्सनु । अब सरकारका दिनगन्ती सुरू भए । ’

प्रवक्ता शर्माले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानलगायतका सबै स्थानमा कांग्रेसले बहुमतले विजयी हाँसिल गर्ने दावी गरे।