सरकार ढाल्ने षडयन्त्र: प्रधानमन्त्री ओलीलाई आफ्नैको डर - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सरकार ढाल्ने षडयन्त्र: प्रधानमन्त्री ओलीलाई आफ्नैको डर



काठमाडौँ- सरकारका दुई वर्षे कार्यकालका उपलब्धि सुनाएको अर्को दिन गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक ‘सरकार ढाल्ने षड्यन्त्र’ भएको अभिव्यक्ति दिए ।

ओली आफैंले फागुन ३ गते संसद्‍मा ‘बलियो जगमा बनेको’ सरकारले धेरै राम्रा काम गरेको भन्दै आगामी तीन वर्षको मार्गचित्र पनि पस्केका थिए । तर, २४ घण्टामै उनले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिए ।

बलियो सरकार रहेको र कसैले हल्लाउन नसक्ने बताएको भोलिपल्ट ओलीको यस्तो अभिव्यक्ति आउनु राजनीतिक प्रचारमात्रै हो कि साच्चै भित्रभित्रै ‘सरकार ढाल्ने षड्यन्त्र’ पनिभएको छ भनेर प्रश्न उठेको छ ।

उनको इसारा विभिन्न शक्ति केन्द्रहरू सरकार ढाल्ने षड्यन्त्रमा लागेको भन्ने छ । तर, प्रधानमन्त्री ओलीले ‘सरकार ढाल्ने षड्यन्त्र’ मा लाग्नेबारे चाहिँ प्रस्टरूपमा भनेनन् ।

आइतबार गृहनगर दमकमा सडक तथा पुलको उद्घाटन र शिलान्यास कार्यक्रममाप्रधानमन्त्री ओलीको भनाइ थियो, ‘तपाईंहरूलाई लाग्ला, सरकारसँग बलियो बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । म भन्न चाहन्छु– अरू कसैले हाइन,कुनैशक्तिले होइन, हामीलाई सरकारमा पुर्‍याइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जनताले हो । जबसम्मतपाईंहरूको आशीर्वाद रहन्छ, साथ शूभेच्छा र शुभकामनारहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउनसक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं, बढ्यौं।’

साँच्चै प्रधानमन्त्रीले भनेजस्तै कहींकतैबाट ‘सरकारढाल्ने षड्यन्त्र’ भएको राजनीतिक परिदृश्य र घटनाक्रमहरू देखिन्छन् त ?

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्, ‘म त्यो सम्भावना देख्दिनँ ।कसले ढाल्ने सरकार ? शेरबहादुरदेउवाले ढालेर ढल्दैन । उहाँको आफ्नै पार्टीमा प्रचण्ड र माधव नेपाललगायत सबै मिलेभनेचाहिँ होला । त्यही असुरक्षाको भावले आएको अभिव्यक्ति हो । पार्टीभित्र अल्पमतमा पर्नु भएको छ । त्यसको पीडा पनि होला ।’

यसअघि गत मंसिर ४ मा पार्टीभित्र निर्णय गरेर नेकपाले ओली नेतृत्वको सरकारकोपाँच वर्षे कार्यकाल सुनिश्चत गरेको थियो । उक्त निर्णयअनुसार ओलीले पाँच वर्षसरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकारसहित पार्टीचलाउने निर्णय गरेको थियो ।

‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष पुष्पकमल दाहाल कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन पुष्पकमल दाहालले गर्ने,’ निर्णयमा उल्लेखछ । यो निर्णयसँगै ओली–दाहालबीच आधाआधा कार्यकाल सरकार चलाउने अनौपचारिक सहमतिको औचित्य सकिएकोकान्तिपुरले लेखेको छ ।

सरकारको कार्यकाल दुई वर्ष पुगेलगत्तै ओली नेतृत्वको सरकारविरुद्ध संघीयसंसद्‍मा अविश्वासको प्रस्ताव पेस गर्न सकिने संवैधानिक बाटो खुलेको समाचारहरू प्रकाशित भएका थिए ।

यस्ता समाचार आएलगत्तै प्रधानमन्त्री ओलीले ‘सरकार ढाल्ने षड्यन्त्र’ अभिव्यक्ति दिएका हुन् । ओलीनिकट एक नेता भन्छन्,‘सरकारले धेरै राम्रा काम गरेको छ । परिर्वतन विरोधीलाई यो मन परेको छैन । त्यसकारण उपयुक्त समयमा सरकार बदलेर देशलाई फेरि एकपटक अस्थिरतातर्फ लैजान पाए हुन्थ्यो भन्ने कोसिस भएकाछन् ।’ तर, प्रधानमन्त्री ओलीले जस्तै यी नेताले पनि सरकार ढाल्नेषड्यन्त्रमा को–को लागेका छन् भन्नेचाहिँ खुलाएनन् ।

संविधानको धारा १०० (४) मा सरकार गठन भएको दुई वर्षपछि मात्र अविश्वासप्रस्ताव पेस गर्न पाइने व्यवस्था छ । ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री नियुक्तभएका थिए ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने संवैधानिक बाटो शनिबार खुले पनि ओलीकोदल नेकपाको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेकाले अहिले त्यस्तो प्रस्ताव आउनेसम्भावना छैन । प्रमुख प्रतिपक्षी कांग्रेससँग अविश्वासको प्रस्ताव दर्ता गर्नआवश्यक संख्यासमेत संसद्‍मा छैन ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘प्रधानमन्त्रीसँग केही सूचना भएर नै बोल्नु भएको होला । तर, प्रमुखप्रतिपक्षी अविश्वासको प्रस्ताव ल्याउन पाउने संवैधानिक प्रावधान बमोजिमको तयारीमाछैन । हामीसँग त्यसका लागि पर्याप्त गणित पनि छैन ।

उहाँको घरायसी कुरा केही छ भने त्यो हामी जान्दैनौं । तर, प्रधानमन्त्रीको अभिव्यक्तिको अभिप्रायः कति वस्तुगत छ,कति त्रासको मनोविज्ञानमा छ भन्ने कुराचाहिँ विश्लेषणकोविषय भयो । तर, उहाँलाई मनको बाघले खाँदै छ ।’