दुई तिहाइको सरकार ढाल्‍ने गुठियारको चेतावनी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

दुई तिहाइको सरकार ढाल्‍ने गुठियारको चेतावनी



काठमाडौं-  गुठी विधेयक पारित भए दुई तिहाइको सरकार ढाल्‍ने चेतावनी आन्दोलनकर्ताले दिएका छन्। स्थानीय नेवार समुदायले सोमबार पनि काठमाडौंको असनमा प्रर्दशन गर्दै यस्तो चेतावनी दिएका हुन।

गुठीलाई खारेज गरेर प्राधिकरण बनाउने सो विधेयकमा राखिएको प्रावधानप्रति नेवारी समुदायको विशेष आपत्ति छ। आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै सोमबार अपरान्ह असन–इन्द्रचोक क्षेत्रमा विरोध प्रर्दशन गरे।

कार्यक्रममा बोल्दै स्थानीय शैलेश बज्राचार्यले सरकारले ल्याएको सो विधेयकले आफूहरुको मुटुमा प्रहार गरेको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गरे। अर्का स्थानीय मधु राजभण्डारीले काठमाडौं उपत्यकामा रहेका नेवारी समूदायको घर जग्गा हडप्ने गरी सरकारले सो विधेयक ल्याएको भन्दै आक्रोश व्यक्त गरे।

उनीहरुले सो विधेयक खारेज नगरे मुलुकको परम्परा, धर्म र संस्कृति नै गम्भिर संकटमा फस्ने चेतावनी पनि दिए।

आइतबार काठमाडौंको माइतीघर मण्डलामा भएको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।