'सरकार भेटियो, न्याय भेटिएन !' - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

‘सरकार भेटियो, न्याय भेटिएन !’



काठमाडौं ।  निर्मलाको न्यायका लागि देशभरि आन्दोलन भइरहेका छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा योजनाको थालनीका लागि तयार पार्न लगाएको आफ्नो पोस्टर जस्तै निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर रातारात काठमाडौको विभिन्न स्थानमा टासेको छ।

पोस्टरमा लेखिएको छ, ‘सरकार भेटियो, न्याय भेटिएन ।’
पशुपतिमा रास्ट्रपतिलाइ अठार करोडको गाडी किन्न भनेर एक-एक रुपैया भिख स्वरुप माग्ने युवाहरुले नै यो आभियान सुरु गरेका हुन।

अभियानका एक सदस्य भन्छन,”हामी अठार जना भएर आज रातभरी बिभिन्न स्थानमा फ्लेस्क, पम्प्लेट टास्यौ। चौतर्फी दबाब सिर्जना गर्न जति टास्यौ त्यो काफी त छैन तर तपाहिहरु सबैले आ-आफ्नो क्षेत्रमा यो अभियान सुरु गर्न अनुरोध गर्दछौ।”