प्रदीप गिरीको क्षेत्रबाट निर्वाचन लड्ने सरिता गिरीको घोषणा - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रदीप गिरीको क्षेत्रबाट निर्वाचन लड्ने सरिता गिरीको घोषणा



काठमाडौं- हालै सद्भावना पार्टी परित्याग गरेकी सरिता गिरीले प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट निर्वाचन लड्ने घोषणा गरेकी छन् ।

नेतृ गिरीले सामाजिक सञ्जालमार्फत निर्वाचन लड्ने घोषणा गर्दै सहयोगका लागि सबैसँग आग्रह पनि गरेकी छन् । ‘म सिराहको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।

लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी नेतृ गिरीले कुन दलबाट निर्वान लड्दै छिन् भन्ने खुलेको छैन । दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गरेकी नेतृ गिरीले बुधबार मात्रै दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् ।

सिराह १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरी विजयी भएका थिए । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए । सरिता प्रदीप गिरीकी भाइबुहारी हुन् ।