नेपालका २ बालक आयुश र प्रीतम सारेगमपको फाइनलमा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेपालका २ बालक आयुश र प्रीतम सारेगमपको फाइनलमा



काठमाडौँ -भारतीय टेलिभिजन जीटिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्सको हालको संस्करणमा आयुश केसी र प्रीतम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन् ।

२० हजारभन्दा बढी बाल प्रतिभाहरूलाई उछिन्दै आयुश र प्रीतम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा आयुष ले ‘क्रिमिनल’ फ़िल्म को कुमार सानुको स्वर रहेको ‘तुम मिले दिल खिले’ बोलको गीत गाएका थिए । भने प्रीतमले ‘हम दिल दे चुके सनम’को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए ।

नेपालमै २ बर्ष अगाडि भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणका जुनियर आइडल आयुश केसी भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ७ माअध्ययनरत छन् ।

आयुषले ५ वर्ष देखि सुरशाला म्युजिक एकेडेमीमा गायक तथा सङ्गीतकार अमृत क्षेत्रीसँग सङ्गीत सिक्दै आएका थिए । इटहरीका प्रीतम आचार्य पनि पहिलो सुरशाला जुनियर आइडलको पहिलो संस्करणका फाइनलिस्ट मध्येका एक हुन् । प्रीतम इटहरीकै विश्व आदर्श स्कुलमा अध्ययनरत छन् ।