सर्वोत्कृष्ट पार्स्व गायक-गायिका नोमिनेसनमा उदितनारायण र सेलिना - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सर्वोत्कृष्ट पार्स्व गायक-गायिका नोमिनेसनमा उदितनारायण र सेलिना



हेमन्त न्यौपाने / काठमाडौ।
नेपाली मिडिया जगतमा लोकप्रिय अनलाइन मिडिया ओएस नेपाल डटकमले गतबर्ष झै यस बर्षपनि ‘ओएस नेपाल म्युजिक अवार्ड २०७५’ आयोजना गर्ने भएको छ । अहिलेसम्म आयोजनजा भएको अवार्ड मध्य सर्बाधिक विधा ७४ बिधा समेटिएको अवार्ड टप ५ मनोनयन सुचि सार्बजनिक गरिएको छ । सार्वजनिक सुचिमा अहिलेका चर्चित, नयाँ तथा पुराना कलाकार र उनीहरुको श्रृजना अटाएका छन् । त्यसैमा चलचित्र नेप्टेमा समावेश भएर चर्चित गायक उदितनारायण झा र सलिना कुँवरको स्वरमा सजिएको ‘दिल रानी’ बोलको गीत सर्वोत्कृष्ट प्लेब्याक संङ्गको नोमिनेसनमा परेको छ । यस गीतका गीतकार यमनाथ मैनालीको शब्दबाट सुसज्जित गीतलाई संगीत सन्तोष राजले दिएका छन । यसै गीतको संगीत ‘सर्वोत्कृष्ट पप संगीत’मा समेत नोमिनेसन भएको छ ।

गायक उदितनारायण झा र सलिना कुँवरलाई भोट गर्न आफ्नो मोबाइलको म्यासेज बक्समा गएर Voting Code – Type OSN Space 74A and Send It To 33001 . यो प्रक्रियाबाट भोट गर्न सकिन्छ ।

कलाकार श्रृजनाको उचित सम्मानका लागि अवार्डको आयोजना थालिएको ओएसनेपालका संचालक तथा प्रबन्ध निर्देशक केश बहादुर कार्कीले बताए । अवार्डमा संगीत क्षेत्रमा योगदान पुर्याउने बिभिन्न व्यक्तिलाई समेत सम्मान गरिने अवार्डका संयोजक बिबेक कार्कीले बताए । अवार्ड समारोहमा केही रंगपत्रकारलाई समेत सम्मान गरिनेछ ।

(सर्वोत्कृष्ट प्लेब्याक)

सेलिना कुँवर/उदितनारायण झा– दिल रानी(नेप्टे) 74A

* सर्वोत्कृष्ट पप संगीत
सन्तोष राज- दिल रानी- 25D
राजेन्द्र भाट- भुन्टी- 25A
आर बि लामा-मज्जा बेक्लै छ- 25B
अनिश श्रेष्ठ- वाएल नाइट डान्स- 25C
हरि लम्साल -कुनै दिन- 25E

* सर्वोत्कृष्ट पप गीत

हिमाल श्रेष्ठ- लाएको माया- 23A
उदेश श्रेष्ठ- यो कस्तो माया हो- 23B
आकांक्षा बस्याल – तिमीलाई छुदै- 23C
शंकर थापा स्माइल -आदत- 23D
अजर जंगम -कुनै दिन- 23E