सर्वोच्चले गर्‍यो समायोजन भएका कर्मचारीको रिट खारेज, लोकसेवा परीक्षा सुचारु गर्न आदेश - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सर्वोच्चले गर्‍यो समायोजन भएका कर्मचारीको रिट खारेज, लोकसेवा परीक्षा सुचारु गर्न आदेश



सर्वोच्च अदालतले कर्मचारी समायोजनका कारण रोकिएका लोकसेवा आयोगका परीक्षा सुचारु गर्न आदेश गरेको छ। कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले यस्तो फैसला गरेको हो।

आयोगले समायोजन भएका कर्मचारीको रिट खारेज गरी नयाँ भर्ना हुने क्रममा रहेको कर्मचारीको पक्षमा रिट जारी गरेको हो। नयाँ पदपुर्तिको बिषयलाई लिएर समायोजन भएका कर्मचारीहरु सर्वोच्च गएपछि नयाँ भर्ना प्रकृया रोकिन पुगेको थियो। यससँगै भर्ना प्रकृयाको अन्तिम चरणमा रहेकाहरु मर्कामा पर्दै आएका थिए।

यसबिरुद्ध शिवहरि दाहाल,अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए। सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै २५ मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट यी मुद्दामाथि एकसाथ सुनुवाइ सुरु भएको थियो।