सोनम ल्होसारको अवसरमा भोलि (बिहिबार) सार्वजनिक बिदा - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

सोनम ल्होसारको अवसरमा भोलि (बिहिबार) सार्वजनिक बिदा



बुटवल । गृह मन्त्रालयले भोलिको सार्वजनिक बिदा यथावत् रहेको जनाएको छ।

तामाङ समुदायको सोनम ल्होसारको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो। तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायका केही व्यक्तिले बिदा सच्याउन माग गरेका थिए।

उनीहरुले फागुन ४ गते बिदा दिनुपर्ने बताएका थिए। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले भने बिहीबार बिदा दिने निर्णय यथावत् रहेको छ।