बजार क्षेत्र सरसफाइ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बजार क्षेत्र सरसफाइ



घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा सरसफाइ गरिएको छ । स्थानीय ब्यापारी , युवा, बालबालिका ,शिक्षक ,प्रहरी लगायतले संयुक्तरूपमा सुखड बजार क्षेत्र सरसफाइ गरेका हुन् ।

सुखड बजार क्षेत्र दिन प्रतिदिन दुर्गन्धित बन्दै गईरहेकाले आफुहरुले हरेक शनीबार नगर भित्रका बजार क्षेत्रहरु सरसफाई गर्ने योजना बनाएको घोडाघोडी नगर स्तरिय युवा संजालका अध्यक्ष शंकर चौधरीले बताए । साथै आगामी शनिबार पहलमानपुर तथा साडेपानी बजार क्षेत्रमा सरसफाई गर्ने समेत चौधरीले जानकारी दिए ।

युवाहरुको यस्तो सकारात्मक कामले नगर सरकारलाई समेत चुनौति दिने तथा नगर सरकारका प्रतिनिधीहरुलाई समेत काम गर्न दबाब दिने वातावरणको सृजना भएको धेरै ब्यापारीहरुको प्रतिक्रिया रहेको छ ।

युवाहरुको यस्तो प्रयासले आफुहरुलाई काम गर्न सहज हुने तथा धेरै कुराको सिकाई हुने भएकाले सरकारको बिरोध मात्र गर्नु भन्दा सकारात्मक काम गरेर दबाब सृजना गरे राम्रो हुने नगर सकारका केही प्रतिनिधिहरुको धारणा रहेको छ ।