श्राद्धको खाना खाएर एक जानाको मृत्यु , १६ विरामी - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

श्राद्धको खाना खाएर एक जानाको मृत्यु , १६ विरामी



कैलाली – श्राद्धको खाना खाएर कैलालीमा एउटै टोलका १६ जना विरामी परेका छन्। उनीहरुमध्ये एक जनाको मंगलवार साँझ मृत्यु भएको छ। गोदावरी नगरपालिका-१० खमौराका १६ जना बिरामी परेका हुन्।

श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका -१० का सुरेश बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोदावरी नगरपालिका-१० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भइरहेको जानकारी दिए। बिरामी परेकामध्ये तीन जनाको धनगढीकै नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन्। सेती अस्पतालका आकस्मिक विभाग प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिए।
सेती प्रादेशिक अस्पतालमा उपचाररत ५ जनाको स्वास्थ अवस्था गम्भीर रहेको अस्पतालका कन्सलट्याण्ट फिजिसियन ड. निराजनदत्त शर्माले बताए ।