मध्यरातमा कहाँ थिए एमाले नेता सरावगी ? - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

मध्यरातमा कहाँ थिए एमाले नेता सरावगी ?



काठमाडौं- नेकपा एमालेका नेता तथा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरावगीलाई निर्वाचन आयोगले भोट किनेको उजुरीका आधारमा स्पष्टिकरण मागेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा उनलाई आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो ।

सरागवीले वैशाख २६ गते राति १२:३० बजे महानगरको वडा नं. १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेकाले निजको उम्मेदवारी खारेजीको माग गरेर उजुरी प्राप्त भएको थियो ।

आयोगले मतदातालाई प्रभावित हुने गरी कुनै पनि किसिमको आर्थिक प्रलोभन देखाउने गतिविधि गर्नुभएको हो ? तपाईंलाई के कति कारणले प्रहरी प्रसाशनले आफ्नो सुरक्षामा मतदाताको घरबाट बाहिर निकाल्नुपरेको हो ? भनी सरावगलीलाई स्पष्टीकरण सोधेको छ ।