गायक प्रकाश सपुत अब चलचित्रको को नायक - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

गायक प्रकाश सपुत अब चलचित्रको को नायक



काठमाडौं- पछिल्लो समय निकै चर्चित र ब्यस्त बनेका गायक प्रकाश सपुत अब नायकको भूमिकामा देखिने भएका छन् ।

नारायण रायमाझीले निर्माण गर्न लागेको परदेशी २ चलचित्रमा उनि नायकको भूमिकामा देखिने भएका हुन् ।

सपुतलाई निर्देशक नारायण रायमाझीले नै आफ्नो नयाँ चलचित्र ‘परदेशी २’ मा अनुबन्ध गरेको बताइएको छ ।

केहि समय अगाडी निकै चर्चित बनेको चलचित्र परदेशीकै सिक्वेल परदेशी २ बनाउन लागिएको जनाइएको छ ।

प्रकाश सपुत नेपाली सांगीतिक क्षेत्रमा नयाँ नयाँ प्रयोग गरेर निकै चर्चा र बिबादमा पनि आएका थिए ।

सांगीतिक जीवनमै चर्चाको शिखरमा पुराउने उनको बोल मायाँ गीतले निकै प्रशंसा दिलाएको थियो भने गलबन्दी गीतले एकाएक बिबादमा ल्याएको थियो ।

सम्भु राईको गीत चोरीको आरोप लागेपछि उनि निकै तनावमा परेका थिए । दोहोरीमा ब्याटलको प्रयोगले पनि उनि केहि बिबादमा परेका थिए ।

चलचित्र ‘परदेशी’ मा पनि गायक प्रशान्त तामाङ अभिनेता थिए । परदेशी २ मा पनि गायक नै नायक हुने भएका छन् ।

चलचित्र ‘रोजगारीको सिलसिलामा परदेश गएका युवाहरुको कथाव्यथामा आधारित रहेको बताइन्छ । चलचित्रको छायांकन फागुनबाट सुरु हुने बताइएको छ ।