सप्तरीमा बिहानै चियापसलमा बस छिरेपछि... - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सप्तरीमा बिहानै चियापसलमा बस छिरेपछि…



राजविराज– राजमार्गबाट अनियन्त्रित भई नजिकै रहेको चिया पसलमा छिरेको बसको ठक्करबाट शनिबार सप्तरीमा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा दुर्घटना भएको हो।

पूर्व जाँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको ना ५ ख ७९३७ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दक्षिणतर्फको चिया पसल छिरेको थियो।

बसले ठक्कर दिएर कञ्चनरुप नगरपालिका–८ का करिब ६०÷६५ वर्षीय देवनारायण महतोको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटनामा चियापसले कञ्चनरुप–९ का ७० वर्षीय असर्फी मण्डलसहित कञ्चनरुप–९ का ४५ वर्षिय सुनरलाल महतो, मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय कुलबहादुर महत, पाचँथर मिक्लाजुङ गाउँपालिका–५ का ४५ वर्षीय पूर्णबहादुर लावती, बाराको अमलेखगञ्ज नगरपालिका २१ का ३७ वर्षीया शान्ती खड्का, उनका छोरा ४ वर्षीय सम्पूर्ण खड्का, अमलेखगञ्ज–२१ की लक्ष्मी गिरी र उनकी छोरी ७ वर्षीया आयुषा गिरी घाइते भएका छन्।

घाइते मध्ये चियापसले असर्फीको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल पठाइएको छ।