सप्तरीमा बस पल्टियो, ३ को मृत्यु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सप्तरीमा बस पल्टियो, ३ को मृत्यु



जनकपुर–सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालले मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन बाँकी छ ।
घटनापछि अहिले राजमार्गमा यातायात ठप्प छ ।

घटनामा बसमा सवार केही यात्रु घाइते भएका छन् भने उनीहरुलाइ उपचारका लागि सिरहाकाे लहान स्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फाइल तस्विर