संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको छ: सभामुख सापकोटा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको छ: सभामुख सापकोटा



काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सम्पादकहरूसँग छलफल गरिरेका छन् । सापकोटाले राष्ट्रपति कार्यालयले संसदको अधिकार अपहरण गरेको बताएका छन् ।

बानेश्वरस्थित संसद् भवनमा मंगलबार सम्पादकहरूसँग छलफल गर्दै उनले शीतलनिवासले अदालतको फैसलाको समेत उल्लंघन गर्दै संसद्को अधिकार अपहरण गरेको बताएका हुन् ।

‘संसद् विघटनको पूर्णपाठसमेत नआउँदै राष्ट्रपति कार्यालयबाट दोस्रो पटक संसद् विघटन स्वीकृत भयो । संसद्को अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको छ,’ उनले भने ।

संविधानको रक्षाका निम्ति माइतीघर मण्डलामा नागरिक समाजले गरेको आन्दोलनलाई सम्मरण गर्दै सभामुख सापकोटा भने, – संविधानमाथि एकपछि अर्को बलमिच्याइँ हुन थाल्यो । माइतीघर मण्डलामा वृद्धअवस्था भएका मानिससमेत आन्दोलनमा आए ।’

उनले प्रतिनिधिसभालाई जीवन्त राख्ने प्रयास गरिरेहेको सुनाए । उनले महामारीका बेला संसदमा सार्वजनिक सरोकारका विषयमा छलफल हुन नसको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘बरु बेलायती संसद‍्मा नेपालको कोभिड महामारीबारे छलफल भयो । तर, हामीले संसद‍्मा छलफल गर्न पाएनौँ ।’