अग्नि सापकोटाले यसरी लिए पद तथा गोपनीयताको शपथ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

अग्नि सापकोटाले यसरी लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं- आइतबार सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

शोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट सापकोटाले सभामुखको शपथ लिएका हुन्।

शीतलनिवासमा आयोजित शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।

सापकोटाको शपथसँगै प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ। सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए।