अग्नि सापकोटाले गरे राजनीतिक कोर्ष बदलिने संकेत - Himal Post Himal Post
  • २७ आश्विन २०८१, आईतवार
  •      Sun Oct 13 2024
Logo

अग्नि सापकोटाले गरे राजनीतिक कोर्ष बदलिने संकेत



काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक कोर्ष बदलिने चेतावनी दिएका छन् । विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट रहेको भन्दै सापकोटाले यस्तो चेतावनी दिएका हुन् ।

उनले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान सञ्चालन गर्नुपर्ने समेत बताएका छन् ।

शनिवार काठमाडौंमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको संघीय नमुना युवा संसद् अभ्यासको उद्घाटन गर्दै सभामुख सापकोटाले अहिले सामान्य मान्छेले चुनाव लड्नै नसक्ने गरी खर्च हुन थालेको र चुनावमा विकृति र विसंगति देखिन थालेको भन्दै यसको अन्त्यका लागि युवाहरूले अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

हालै भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको र अन्य स्थानको विश्लेषण गर्दा विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट नदेखिएको उनले बताए ।

उनले जनताहरूको भावनालाई नेपालका राजनीतिक पार्टी र नेतृत्वमा बसेकाहरूले बुझ्न नसके आगामी चुनावमा अर्कै परिस्थिति आउन सक्ने धारणा राखे । त्यस्तै उनले चुनावलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण रूपमा सम्पन्न गर्न र असल, इमानदार उम्मेदवारलाई जिताउनका लागि युवाहरूले गरेको नमुना संसद् अभ्यासले महत्त्वपूर्ण योगदान गर्ने जिकिर गरे ।

सभामुख सापकोटाले अहिलेको समयमा सही बिचारका साथ अघि बढ्न युवाहरूलाई सुझाव पनि दिए ।