रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

रोनाल्डोलाई बेन्चमा राख्ने पोर्चुगलका प्रशिक्षक बर्खास्त



काठमाडौं- पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ।

फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो।

पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो।

रोनाल्डोबिना पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध उत्कृष्ट जित निकालेको थियो तर मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको आलोचना भएको थियो। यद्यपी सान्तोसले भने रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए।

सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए।​

सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताएका थिए।