शान्ति समाज रुपन्देहीको अभिमुखीकरण - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

शान्ति समाज रुपन्देहीको अभिमुखीकरण



बुटवल ३१ भदौ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अभिमुखीकरण कार्यक्रम सनिबार बुटवलमा सम्पन गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सदस्य तथा मानव अधिकारको क्षेत्रमा रुची राख्नेहरुलाई केन्द्रीय पदाधिकारीहरु तथा सदस्य प्रशिक्षण प्रदान गरेका थिए ।कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजको महत्व, कार्य क्षेत्र तथा गरिमा लगायतको जानकारी गराएको थियो । भने मानव अधिकारको सिन्दातहरु तथा नेपालको अवस्थाको बारेमा चर्चा भएको थियो ।

जिल्ला सभापति हरिश ढकालको अध्यक्षता भएको कार्यक्रमा केन्द्रीय उपा सभापति द्धोय गोबिन्द खनाल, रेनुका पौड्यल, महा सचिव उत्तम पुढासैनी, केन्दीय सदस्य विकास थापा, विभागीय संयोजक रामचन्द्र गौतम, लालहरी पाण्डे यस्तै जिल्ला उप सभापति डि.पी. खनाल लगायत बोल्नु भएको थियो ।
कार्यक्रमको संचालन सचिव तेजेन्द्र के. सी. गर्नुभएको थियो भने स्वागत मन्तव्य कृष्ण चौहान क्षेत्रीले गर्नु भएको थियो ।