धनगढीमा अङ्ग्रेजी बोर्डिङ स्कूलले संस्कृत पढाउँदै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

धनगढीमा अङ्ग्रेजी बोर्डिङ स्कूलले संस्कृत पढाउँदै



धनगढी- सुन्दै अचम्म लाग्न सक्छ अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको समयमा कुनै बोर्डिङ स्कूलले प्राचीन भाषा संस्कृत पढाउने हिम्मत गरेको छ भनेर ।

तर यो सबै कुरालाई चुनौती दिँदै धनगढीको क्यास्पियन एकेडेमीले कक्षा ५, ६ र ७ मा संस्कृत विषयको पठनपाठन शुरु गरेर उदाहरणीय कम सुरुवात गरेको छ ।

संस्कृत मानिसको नैतिकता, आचरण, भाषा संस्कृतिसँग जोडिएकाले यो विषयको पठनपाठन शुरु गरिएको विद्यालयले जनाएको छ।

संस्कृतलाई देव भाषाका रुपमा चित्रित गर्दै शिक्षकले मानिसमा व्यवहार, रस र ज्ञान प्राप्ति गर्नकालागी संस्कृत भाषाको विकल्प नभएको जनाएका छन् ।

अभिभावकहरूले पनि संस्कृत भाषा सबै भाषाको जननी र पहिलो भाषा रहेको, संस्कृत भाषाले जन्मेदेखि मृत्युसम्म गरिने संस्कारलाई पवित्र पार्ने काम गर्ने भएकाले संस्कृत पठनपाठनका काम सरहानीय भएको जनाएका छन् ।

यसअघि संस्कृत विषयको पठनपाठन संस्कृत विद्यालय, आश्रम र पीठहरुमा मात्र हुने गरेको छ। विद्यार्थीलाई संस्कृत विषयको पुस्तक निःशुल्क उपलब्ध गराउन पहल गरिएको पनि विद्यालयले जनाएको छ ।