संसार धामि र रेखा जोशीको "उसै फस्का लाउदी छै" ले चर्चा बटुल्दै (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

संसार धामि र रेखा जोशीको “उसै फस्का लाउदी छै” ले चर्चा बटुल्दै (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।

नेपाली साङ्गीतिक क्षेत्र सानो भएपनि पछिल्लो समय थुप्रै गायक गायिकाहरुले नयाँ शैली सहितका गित ,म्युजिक भिडियो तथा नयाँ एल्बम बजारमा सार्वजनिक गराइराखेका छन् । सार्वजनिक गरिएका म्युजिक भिडियोले कसैले दिन प्रतिदिन बजार तताइरहेका छन् भने कोहि निराश बनेका छन् ।

यसै क्रममा विभिन्न गित गायर चर्चा कमाएका कैलालीका गायक संसार धामिको केहिदिन अघि सार्वजनिक भएको “उसै फस्का लाउदी छै” बोलको देउडा गितको म्युजिक भिडियोले चर्चा बटुल्न सफल भएको छ ।

छोरो बिग्र्यो दारुले , बालै नदेउ , हेन्डल मोर लगायतका विभिन्न गितबाट चर्चा कमाएका गायक धामिलाइ उक्त गितमा भने अहिलेको चर्चित गायिका रेखा जोशीले स्वरमा साथ दिएकी छिन् ।

के.एस.सोनीको शब्द तथा स्वयम संसार धामीको संगित रहेको उक्त गितको मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको हो भने गितलाई केशब बढुले एरेन्ज गरेका हुन ।

बिरेन्द्र धामीको सम्पादन तथा छायांकन रहेको उक्त म्युजिक भिडियोमा संसार धामी र रेखा जोशीको अभिनय देख्न सकिन्छ ।

सुन्दर पश्चिममा बोलिने भाषालाई गित मार्फत सार्वजनिक गरिएको उक्त गित एक दमै राम्रो बनेको हुनाले सबैको माया पाइरहेको गायक संसार धामीले हिमाल पोस्टलाई बताएका छन् । देउडा गितको म्युजिक भिडियो सुन्दर पश्चिम् देउडा युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

भिडियो हेर्नुहोस :

https://youtu.be/iEf_snOZEmM